नेपालमा कोरोना १५ सय ९५ जना संक्रमणमुक्त हुँदा थपिए ३१ सय बढी संक्रमित

प्रकाशित मिति:

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या संक्रमणमुक्त हुनेको भन्दा दोब्बर रहेको छ ।

देशभर १३ हजार १ सय ३५ जनाको परीक्षण गर्दा ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५ सय ९५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९ सय २७ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय १९ रहको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।