साउनभित्रै ३ जना सचिवले अवकाश पाउँदै

प्रकाशित मिति:

५ साउन, काठमाडौं । साउन महिनाभित्रै नेपाल सरकारका विशिष्ट श्रेणी ९सचिव० का ३ जना कर्मचारीले अनिवार्य अवकाश पाउँदैछन् ।राष्ट्रिय किताबखाना ९निजामती० ले मंगलबार आर्थिक वर्ष २०७८(७९ मा अवकाश हुने कर्मचारीको अनुमानित सूची सार्वजनिक गरेको छ । जसमा एक वर्षभित्र सचिवस्तरका १२ निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने उल्लेख छ र साउनमै ३ सचिवले अवकाश पाउने उल्लेख छ ।

निजामती किताबखानाका अनुसार सूचना तथा सञ्‍चार प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले बुधबारदेखि नै अनिवार्य अवकाश पाउँदैछन् ।अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनीले साउन २४, बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद पौड्यालले साउन २६ गते अवकाश पाउँदैछन् ।नेपाल ट्रस्टको कार्यालयका सचिव राजेन्द्र खनालले असोज ९ गते, युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सचिव केदार न्‍यौपानेले असोज १२ गते अनिवार्य अवकाश पाउँदैछन् । विशिष्ट श्रेणीका कर्मचारी उपमहालेखा नियन्त्रक बाबुराम गौतम र ईश्वर नेपाल २०७८ कात्तिक ५ गते अवकाश पाउँदैछन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वेगेन्द्रराज शर्माले पुस १४ गते र अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले माघ २० गते अनिवार्य अवकाश पाउँदैछन् ।ऊर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले २०७९ जेठ ४ गते, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत सचिव यामकुमारी खतिवडाले २०७९ जेठ १९ गते र लोकसेवा आयोग, काठमाडौंमा कार्यरत सचिव महेन्द्रप्रसाद गुरागाईंले २०७९ असार २२ गते अवकाश पाउनेछन् ।

हेर्नुहोस् आर्थिक वर्ष २०७८/७९ मा अवकाश हुने कर्मचारीको सूची