भोकमरीको चपेटामा रहेका दाङका ७५ गन्धर्व परिवारलाई खाद्यन्न

प्रकाशित मिति:

कोरोना भाइरस संक्रमण र निषेधाज्ञाका कारण भोकमरीको चपेटामा परेका दाङका ७५ गन्धर्व परिवारले राहत स्वरुप खाद्यन्न पाएका छन् । केदार फुड क्याम्प, सारङगी सोसियल इन्टरप्राइजेज र सारंगी भिलेस कीर्तिपुरको सहयोगमा ७५ परिवारले खाद्यन्न राहत पाएका हुन । पुर्खौली पेशा लोप हुने अवस्था रहेको समयमा कोरोना भाइरस सक्रमणको जोखिमले गन्धर्व बस्तीमा भोकमरीको सम्भावना बढ्न थालेपछि दाङको गन्धर्व बस्तीहरुमा खाद्यन्न अभाव सुरुभएको थियो ।

केदार फुड क्याम्पका संयोजक केदार गान्धारीले देशका विभिन्न जिल्लामा रहेका गन्धर्व समुदायमा राहत पुर्याएको बताउनुभयो । विभिन्न संस्थाको संहयोगमा दाङको घोराही उप—महानगरपालिका—११ का दुई बस्ती, तुलसिपुर उपमहानगरपालिका ५ र ६ मा ७५ परिवारलाई खाद्यन्न उपलव्ध गराएको सारंगी भिलेसका अध्यक्ष दिपक नेपालीले बताउनुभयो । घोराही उपमहानगपालिका—११ का वडा अध्यक्ष कुल बहादुर लामिछानेले भोकमरीको चपेटामा रहेको गन्धर्व बस्तीमा उपलव्ध राहतले ठुलो सहयोग मिलेको बताउनुभयो । कोरोना भाइरस संक्रमणको पहिलो लहरका समयमा पनि सोहि संस्थाको पहलमा करिब ९२ घरपरिवारलाई राहत उपलव्ध गराएको र अहिले पनि उपलव्ध सहयोगले केहि राहत महशुष भएको बताउनुभयो ।

वडा अध्यक्ष लामिछानेले पुर्खौली पेशा गर्ने गन्धर्व समुदायको सारङगी बज्न छोडेको पनि धेरै भएकाले अहिले बस्तीमा खाद्यन्न अभाव बढेको बताउनुभयो । वडामा बजेट नभएकाले आवश्यक सहयोग नसकेको दुःख व्यक्त गर्दै अध्यक्ष लामिछानेले विभिन्न संस्थाहरुको सहयोगले बस्ती बचाइै राखेको बताउनुभयो । दाङ जिल्लाका विभिन्न स्थानहरुमा कम्तीमा ३५० घरपरिवार गन्धर्व समुदायको बसोबास रहेको छ । लोपउन्मुख बाजा सारङगी बजाउदै पुर्खौली पेशा गर्ने सो समुदाय कोरोना भाइरस संक्रमणका कारण थप मर्कामा परेका छन् ।