तरूण विभागले सरकारलाई भन्यो- मजदुर, विद्यार्थी र शिक्षकलाई प्राथमिकताका साथ खोप देउ

प्रकाशित मिति:

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवम् तरूण विभाग प्रमुख शंकर भण्डारीले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारलाई मजदुर, विद्यार्थी र शिक्षकलाई प्राथमिकताका साथ खोप उपलब्ध गराउन आग्रह गरेका छन्।विज्ञप्ति सहितलामो अन्योल र अस्थिरता पार गर्दै मुलुकले नेपाली कांग्रेसको नेतृत्वमा सरकार पाएको छ।आम नागरिकले जस्तै म पनि यो सरकारले पूर्ण इमान्दारिताका साथ नागरिकको पीरमर्का बुझेर काम गरोस् भन्ने चाहन्छु।विषम परिस्थितिमा गठन भएको यो सरकारलाई असफल हुने कुनै सुविधा उपलब्ध छैन।
जुनसुकै मूल्य चुकाएर पनि देश र जनताको यावत समस्या सम्बोधनमा खट्नु यो सरकारको प्रमुख दायित्व हो। विगतको सरकारले महामारीले थलिएका नागरिकको स्वास्थ्य समस्या सम्बोधन गर्न र जनजीविका असहज भएका नागरिकलाई सहयोग गर्नका लागि खर्च गर्नुपर्ने समय सबै राजनीतिक दाउपेच र भ्रष्टाचारमा निर्लिप्त रहँदा नागरिकमा अत्यन्त निराशा उत्पन्न भएको छ।
विद्यमान स्वास्थ्य समस्या,महामारीका कारण ठप्प भएको आर्थिक क्रियाकलाप र सामाजिक समस्याको मिहिन समीक्षा गरी त्यसको समाधानमा सरकार लाग्नु अत्यावश्यक छ। महामारीबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय यथेष्ठ मात्रामा खोप प्राप्त गर्नु नै प्रमुख प्राथमिकता हो ।

केही नागरिकले खोप पाएका छन् तर अधिकांश यो सुविधाबाट बञ्चित भएको अवस्था छ। खोपमा पनि अनियमितता भएको र खोप पाउनु पर्ने वर्ग तथा समुदायको खोपमा पहुँच नपुगेको भन्ने आम गुनासो छ। टाठाबाठा र पहँुचवालाहरुले नियम मिचेर खोप लिएका समाचार निरन्तर सार्वजनिक हुदै आएका छन् । खोप सबैले पाउनु पर्दछ त्यसमा कुनै द्धिविधा छैन तर यसको प्राथमिकता भने निर्धारण गरी त्यसमा कडाई गरिनु आवश्यक छ । दैनिक काम नगरी खान नपुग्ने श्रमिक÷मजदुरहरु वा सर्वसाधारण नागरिकहरुलाई आवश्यक पर्ने अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन र आपुर्तिमा योगदान गर्ने वर्गलाई खोपमा उच्च प्राथमिकता दिनुपर्नेमा त्यसतर्फ ध्यान पुगेको छैन । विद्यार्थी र शिक्षकहरु जसको काँधमा मुलुकको भविष्य र आशा अडिएको छ, उनीहरुलाई खोप दिने कार्यमा पनि अलमल देखिन्छ ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले उच्च प्राथमिकताका साथ श्रमिक तथा मजदुरलाई खोप उपलब्ध गराउनु पर्दछ । साथै विद्यार्थी र शिक्षकलाई पनि प्राथमिकताका साथ खोप प्रदान गरी पठन पाठन नियमित गर्नु अति आवश्यक छ । यो सरकारले खोप अनुदानको रुपमा मात्र लिने होइन आवश्यक परेमा आफैले खर्च गरेर पनि यथासक्य छिटो सबै नागरिकलाई खोप उपलब्ध गराउनु पर्दछ ।
नागरिकको जीवन रक्षा सरकारको प्रथम दायित्व हो भन्ने तथ्यलाई यो सरकारले आत्मसात गर्नेछ भन्नेमा म विश्वस्त छु । विशेष गरी श्रमिक÷मजदुर, विद्यार्थी र शिक्षकलाई उच्च प्राथमिकताका साथ खोप उपलब्ध गराउन म सरकारसँग आग्रह गर्दछु ।
जय नेपाल !
शंकर भण्डारी
केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख
नेपाली कांग्रेस