नेपाली सेनाद्धारा काठमाण्डौं – तराई र मधेश द्रुतमार्ग सडक आयोजनाको प्रगति विवरण सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं – नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय बमोजिम नेपाली सेनाले निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको काठमाण्डौ–तराई / मधेश द्रुतमार्ग सडक आयोजनाको आ.ब. ०७७ / ७८ को अन्त्यसम्ममा प्रगति विवरण सार्वजनिक गरेको छ ।

सेनाले गत आ.ब. ०७७ / ७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएकोमा बार्षिक प्रगति ९७.३४ % रहेको छ । गत आ.ब. मा आयोजनाको कुल अंशको थप ५.१० % काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६.२१% प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा समष्टिगत भौतिक प्रगतितर्फ १६.१० % र वित्तिय तर्फ १४.५१ % लक्ष्य हासिल भएको जनाएको छ । सुरुङ्ग मार्ग निर्माणका लागि EPC -Engineering Procurement Construction_ Model अन्तर्राष्ट्रिय बोलपत्र आव्हान पश्चात आवश्यक प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट कार्य सम्पन्न भई मिति २०७८ ज्येष्ठ ३१ गतेबाट दुवै सुरुङ्ग ठेक्का प्याकेजहरुको Commencement भई मोविलाईजेशन सहित कार्य प्रारम्भ गरिएको सेनाले जनाएको छ ।

सेनाले सडक आयोजनाको डिजाईन तथा कन्स्ट्रक्शन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानिय विषय विज्ञहरु छनौट गरी सर्भे लगायतका कार्यहरु सुचारु गरिरेको छ । हाल उक्त परामर्शदाताबाट Team Leader, Project Coordinator, Tunnel Engineer, Highway Engineer, Bridge Engineer, Material Engineer, Road and Safety Expert, Senior Geologist / Geotechnical Engineer हरुले कार्य प्रारम्भ गरेका छन् ।आयोजनास्थलमा १४ वटा बेलिबृज जडान गर्ने योजना अनुसार ८ वटा बेलिबृज जडान गरी सञ्चालनमा ल्याईएको छ भने अन्य जडान हुने क्रममा रहेको छ साथै पुल तथा सुरुङ्ग निर्माण कार्यको लागि आवश्यक पर्ने पहुंच मार्ग निर्माण कार्य अगाडी बढाईएको छ । आयोजनाको ५ (पाँच) स्थानमा Basic Lab Equipment जडान गरी गुणस्तर परिक्षण गर्ने कार्य गरिएको साथै अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्श अनुसार Advance Lab Equipment हरु समेत थप गर्ने व्यवस्था मिलाईएको सेनाले जनाएको छ ।