देवघाटका मल्ल युवा उद्यमशिलता विकास तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा मनोनीत

प्रकाशित मिति:

नेपाली कांग्रेसको तरूण विभाग अन्तर्गत रहेको युवा उद्यमशिलता विकास तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा शेरबहादुर मल्ल मनोनीत भएका छन्।

तनहुँको देवघाट गाउँपालिकाका तरूण नेता मल्ललाई विभाग प्रमुख शंकर भण्डारीले मनोनीत गरेका हुन्। नेपाली कांग्रेस पार्टी केन्द्रीय तरूण विभाग साथै समग्रमा लोकतन्त्र प्रति आस्था राख्ने युवा-तरूणहरूलाई समन्वय गरि गतिशील बनाउनको लागि मनोनीत गरेका विभाग सचिव श्यामप्रसाद श्रेष्ठले जनाए।