कोरोना संक्रमणबाट ३० जनाको मृत्यु, २ हजार ८३८ संक्रमित थपिए

प्रकाशित मिति:

बुधबार देशभर दुई हजार ८३८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। संक्रमणबाट ३० जनाको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा १२ हजार ६१६ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ८३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आठ हजार ७१५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ९१८ जनामा र तीन हजार ९०१ जनाको एन्टिजेन परीक्षण गर्दा ९२० जनामा कोरोना देखिएको हो।

त्यस्तै, संक्रमणबाट ३० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ६३७ पुगेको छ। पछिल्लो २४ घण्टामा एक हजार ४७५ जना निको भएका छन्।

बुधबार थपिएकासहित सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।