काठमाडौं । भारतपछि पाकिस्तानले पनि चिनियाँ भिडियो एप टिकटकलाई प्रतिबन्ध लगाएको छ । अनुपयुक्त कन्टेन्ट समावेश गरेको भन्दै पाकिस्तानले भिडिओ साझेदारी एप टीकटकलाई प्रतिबन्ध लगाएको हो ।
पछिल्लो समय पाकिस्तानमा चिनियाँ एपले त्यहाँको सरकारसँग कानूनी लडाइ लडिरहेको छ । धार्मिक आस्थामा टीकटकले चोट दिएको भन्दै टिकटकविरुद्ध मुद्दा दर्ता भइरहेका छन् ।यसअघि पनि त्यहाँको प्रान्तिय अदालतको आदेशमा दुई दिन टीकटकलाई प्रतिबन्ध लगाइएको थियो । तर, अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले इन्टरनेट र मिडियालाई नियन्त्रण गरेको भन्दै पाकिस्तानी सरकारको विरोध गरेका छन् ।
पछिल्लो समय पाकिस्तानमा टीकटकको लोकप्रियता बढिरहेको थियो र पाकिस्तानीले यही प्लेटफर्मबाट सामानहरु बिक्री पनि गरिरहेका छन् ।तर, धार्मिक कट्टरपन्थी मुलुकले टीकटकले समलिंगी समुदाय र नग्नतालाई पश्रय दिएको आरोप खेपिरहेको छ ।यसअघि भारतले पनि टिकटकसहित तीन दर्जन बढी चिनियाँ एपमा प्रतिवन्ध लगाइसकेको छ ।