प्रधानमन्त्री देउवासँग विप्लव समूहको भेट, ओली सरकारसँग गरेको तीन बुँदे सहमतिबारे छलफल

प्रकाशित मिति:

त्रविक्रम चन्द ‘विप्लव’ले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । यही क्रममा आज उनको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गरेका छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग विप्लव समूहले गरेको तीन बुँदे सहमतिका विषयमा छलफल भएको विप्लव समूह निकट एक नेताले जानकारी दिए ।

यसअघि विप्लवको टोलीले निवर्तमान प्रधानमन्त्री ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलगायतसँग भेटघाट गरेको थियो ।