वीपी मेरो गुरु मात्र होइन, अभिभावक पनि हुनुहुन्थ्यो : देउवा

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले वीपी कोइरालाको मार्गदर्शन आफ्नो जीवनभरको प्रेरणा भएको बताएका छन् ।बुधबार वीपी कोइरालाको ३९औं स्मृति दिवसका अवसरमा श्रद्धासुमन व्यक्त गर्दै देउवाले वीपीसँगको चार दशक अघिको सामिप्यताको पनि स्मरण गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘वीपी कोइराला मेरो राजनीतिक गुरु मात्रै होइन, मेरो अभिभावक पनि हुनुहुन्थ्यो । उहाँको प्रेरणालेनै हामी लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएका थियौं, ।’

‘आज मेरो स्मृति चारदशक अघि उहाँसँगको सामिप्यतामा फर्किएको महशुस गरेको छु। तपाइको मार्गदर्शन जीवनभर मेरो प्रेरणा हुनेछ। श्रद्धेय नेता वीपी कोइरालाप्रति हार्दिक श्रदासुमन व्यक्त गर्दछु ।’