सैनामैनाका चार प्रजातन्त्र सेनानी सम्मानित

प्रकाशित मिति:

सुरेश परियार,साउन ६ गते- ३९औं बिपि स्मृति दिवसका अवसरमा सैनामैनाका चार प्रजातन्त्र सेनानीहरुलाई एक कार्यक्रमका विच सम्मान गरिएको छ ।प्रजातन्त्र सेनानीहरुले प्रजातन्त्र स्थापना र संरक्षण गर्न पुर्योएको योग्दानको उच्च मुल्यांकन गर्र्र्दै बिपि स्टडी युथ सर्कल सैनामैनाले आज सम्मान गरेको हो ।चार सेनानीहरुलाई निवासैमा गई सर्कलले सम्मान गरेको हो ।

बि.पि स्टडी युथ सर्कल लुम्बिनी प्रदेशका संयोजक लक्ष्मण गौतमले सैनामैनाका प्रजातन्त्र सेनानीहरु सुर्यदत्त जोशी,पर्सुराम पोख्रेल,ईश्वरी प्रसाद पन्त र कृष्ण प्रसाद पाण्डेलाई सम्मान प्रत्र प्रदान गर्दै योग्दानको उच्च कदर गरेका छन् । कार्यक्रम बि.पि स्टडी युथ सर्कल सैनामैनाका अध्यक्ष दिपक काफ्लेको अध्यक्षता तथा बि.पि स्टडी युथ सर्कल लुम्बिनी प्रदेशका संयोजक लक्ष्मण गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन भने सर्कलका नगर सचिब प्रेम न्यौपानेले गरेका थिए ।