नवलपरासीमा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिने

प्रकाशित मिति:

प्रकाश न्यौपाने
साउन ६ गते ।
नवलपरासी । पश्चिम नवलपरासीमा
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय पत्र वितरणका लागि तथ्याक संकलन काम सुरु गर्ने भएको छ ।

विभागले बुधबार पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय परिचय पत्र वितरणका लागि तथ्याक संकलन काम बिहिवारदेखी शुरु गर्ने बताइएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताउनु भयो ।उहाँका अनुसार पश्चिम नवलपरासी जिल्लामा रहेका सात स्थानिय तहहरुबाट तथ्यांक संकलन गरिने छ । कार्यक्रममा विभागकी निर्देशक विनिता भट्टराईले तथ्याक संकलन अभियानका बर्दघाट नगरपालिकाबाट सुरु गरिने बताउनु भयो ।                 एउटै डिजिटल कार्डमा नागरिकका सम्पुर्ण विवरण समावेश गरिने भएकाले नागरिकता, सवारी चालक अनुमति पत्र,फोटो सहितको मतदाता परिचय पत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री बोकेर हिड्नु नपर्ने कारणले नगरिकलाई अत्यन्तै सहज हुने भट्टराईले बताउनु भयो । उहाका अनुसार नेपाल सरकारले नगरिकको सहजताका लागी राष्ट्रिय परिचय पत्र प्रदान गर्न लागेको हो ।