बिपी स्मृतिमा दीप प्रज्वलन

प्रकाशित मिति:

नेपाल विद्यार्थी संघले बिपी स्मृतिमा आज साझ दीप प्रज्वलन गरेको छ। नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले गरेको दीप प्रज्वलनमा नेविसंघ सभापति राजीव ढुंगाना, महामन्त्री दीपक भट्टराई लगायतले दीप प्रज्वलन गर्दै बिपीको योगदानको चर्चा गरेका थिए।

नेविसंघ र काङ्ग्रेसले प्रजातन्त्र र जनताका हित कसरी गर्न सकिन्छ भन्नेबारे बिपीको योगदानबाट शिक्षा लिनुपर्ने महामन्त्री भट्टराईले बताए।नेविसंघले त्रिचन्द्र क्याम्पस परिसरमा दीप प्रज्वलन गरेको हो।