दाङ- बिपी स्मृति दिवसका अवसरमा बिपी स्टडी युथ सर्कलले आज घोराहीमा दिप प्रज्वलन गरेको छ । घोराही स्थित बिपी चोकमा दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलन पछि आयोजित कार्यक्रमममा बोल्ने बक्ताहरुले बिपीको सिद्धान्त र आदर्श आम नेपालीका लागि मार्ग निर्देशन भएको बताए ।
कार्यक्रममा सर्कलका प्रदेश उपाध्यक्ष दिनेश पाण्डे, प्रदेश सदस्य मनोज डिसी,नेविसंघका नेता कुलराज पोख्रेल, जिल्ला उपाध्यक्ष शरद बिसी, सर्कलका घोराही नगर संयोजक रबिन डाँगी लगाएतले बिपीको नीति र सिद्धान्तका बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सहजिकरण सर्कलका जिल्ला सचिव गणेश बिश्वकर्माले गरेका थिए ।