समृद्धि हासिल गर्न योजनाबद्ध विकासमा लागेको छौ : मुख्यमन्त्री पोख्रेल !

प्रकाशित मिति:

मङ्सिर १८ बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले समृद्धि हासिल गर्न योजनाबद्ध विकासमा लागेको बताउनुभएको छ । उहाँले समृद्धिको लक्षमा पुग्न आवधिक योजना र कानुन निर्माणमा लागेको र यो वर्षभि आवधिक योजना निर्माण र आधारभूत रुपमा कानुन निर्माण पूरा हुने बताउनुभएको छ ।

परिकल्पना नेपालले आज भैरहवामा आयोजना गरेको प्रथम प्रदेश स्तरीय प्रशंसनीय खोज सम्वन्धी सम्मेलनको उद्घाटन गर्दै प्रदेशको योजनाबद्ध विकासको लागि नागरिकको बलियो साथ र साझेदारी आवश्यक रहेको बताउनुभयो ।

उहाँले जनताको जीवनस्तर उकास्न कृषिको आधुनिकरण र बजारीकरण गर्ने र पर्यटन प्रवद्र्धन गरी समृद्धि हासिल गर्ने प्रदेशको विकास मोडल बताउनुभयो । उहाँले लुम्बिनी सहित धेरै सम्पदा रहेका र यिनै सम्पदामा आधारित पर्यटनको विकासको यो प्रदेशमा प्रचुर संभावना रहेको बताउनुभयो । उहाँले मुलुक समृद्ध बन्ने तर आम जनताले त्यसको लाभ लिन नसक्ने खतरा तर्फ सचेत रहेको बताउनुभयो । समृद्धिको लाभ बहुसंख्यक नागरिकले लिन सक्दा समृद्धिको अर्थ हुने उहाँको भनाई छ ।
उहाँले प्रदेश पाँच मिनि नेपाल रहेको र यो प्रदेश बन्द नेपालनै बनाउन सकिने बताउनुभयो ।