पार्टीको बैठक सरकारी निवास वालुवाटारमा नराख्ने प्रधानमन्त्री देउवाको घोषणा

प्रकाशित मिति:

प्रधानमन्त्रीका लागि बनेको बालुवाटारको सरकारी निवास वालुवाटारमा जुन दलको प्रधानमन्त्री बन्यो त्यही दलको पार्टी कार्यलय जस्तो बनेको भन्दै सधैँ आलोचना हुने गरेको छ । यस अघि लामो समय प्रधानमन्त्री भएका केपी शर्मा ओलीले नेकपा र विभाजनपछि एमालेको बैठक धेरै समय बालुवाटारमै राखे । देउवाले पनि प्रधानमन्त्री निवासमा सारेपछि पहिलो पटक पदाधीकारी बैठक बालुवाटारमै राखे । त्यसलाई पार्टी भित्रै र बाहिरबाट पनि आलोचना भयो ।

त्यसकुरालाई ध्यानमा राख्दै प्रधानमन्त्री देउवाले अबदेखि पार्टी बैठक बालुवाटारमा नराख्ने भएका छन् । भोलिका लागि उनले पदाधीकारी बैठक आफ्नो निजी निवास बुढानिलकण्ठमा राखेका छन् ।काँग्रेस नेता पूर्ण बहादुर खड्काले पार्टीको औपचारीक बैठकहरु पार्टी कार्यलय सानेपा वा बुढानिलकण्ठमा हुने जानकारी दिए । १४ औँ महाधिवेशनको तयारीका लागि भोली पदाधीकारी बैठक देउवाको निजी निवास बुढानिलकण्ठमा हुने छ ।