नेजाका पदाधिकारी तथा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलद्वारा राजदुत डा।खतिवडासंग भेटघाट

प्रकाशित मिति:

नेजाका कार्यवाहक अध्यक्ष विकाश न्यौपाने लगायत पत्रकारहरु तथा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले राजदुत डा.यूवराज खतिवडा (विद्या वारिधि) संग भेटघाट गरेका छन् । नेपाल पत्रकार महासंघकाअध्यक्ष बिपुल पोख्रेल आजै जुलाई २२ का दिन नेपालबाट अमेरिका आएका हुन् । नेपाल अमेरिका पत्रकार संघ(नेजा)को आगामी जुलाई २४ र २५ का दिन हुने सातौ अधिवेशन तथा १४ औं वार्षिक साधारण सभाको लागि नेजाले आमन्त्रण गर्ने , निमन्त्रणा दिने तथा भेटघाटलाई तीब्र पारेको छ ।

साथै महासंघका अध्यक्ष पोख्रेल पनि अमेरिका पहिलो पटक आएकोले शिष्टाचार भेटघाट तथा अधिवेशनको लागि स्वयम् राजदुत खतिवडासंग नेजाका पदाधिकारीहरुसंग साथमा गएर भेट गरेका छन् । नेजालाई राजदुत खतिवडाले सातौ अधिवेशन तथा १४ औं वार्षिक साधारण सभाको लागि शुभकामना सन्देश पठाएका छन् । राजदुत खतिवडाल २०७८ साल साउन ४ का दिन नेजालाई लिखित शुभकामना सन्देश पठाउदै सातौ अधिवेशन तथा १४ औं वार्षिक साधारण सभा हुन् लागेकोमा खुशी व्यक्त गर्दै शुभकामना दिएका छन् । साथै ,यो साधारण सभाले नेजाका आगामी क्रियाकलाप अझ सशक्त ढंगले अघि बढाउनका लागि सक्षम नेतृत्व चयन गर्न सकोस भनि दिएका छन् ।

राजदुत खतिवडाले नेपालबाट बिभिन्न कारणले अमेरिका आईपुगेका संचारकर्मीले यहापनि व्यवसायिक पत्रकारिताको अभ्यास गरेर क्रियाशील रहन सक्नु नेपाल र नेपालीको लागि खुशीको कुरा हो भनि उक्त शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उक्त शुभकामना सन्देश उद्घाटन कार्यक्रममा पढेर सुनाइने छ भने अन्य विशेष ब्यक्त्तिवहरुको पनि सन्देश धमाधम आई रहेको छ । अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनिया राज्यको स्यानटिली शहरमा आयोजना हुने बार्षिक साधारण सभा आगामी जुलाई २४ र २५-शनिबार र आइतबार)का दिन हुनेछ । साधारण सभाको लागि अमेरिकाका विभिन्न राज्यहरुबाट पत्रकार/पदाधिकारीहरु भर्जिनिया आउन थाली सकेका छन् ।