काठमाडौंमा भूकम्पको धक्का

प्रकाशित मिति:

काठमाडौंमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ। बिहान ७ बजेर ६ मिनेटमा भूकम्पको धक्का आएको हो। भूकम्पको केन्द्रविन्दु कहाँ हो र कति म्याग्नेच्युडको हो भन्ने विस्तृत विवरण आइसकेको छैन।

यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको थियो। उक्त भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वरमा भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको थियो। केन्द्रका अनुसार त्यो भूकम्प ३।२ म्याग्नेच्युडको थियो।