कपिलबस्तुमा बाल संजालले ग-यो, सचेतना मुलक कार्यक्रम

प्रकाशित मिति:

कपिलबस्तु, ८ साउन। बाणगंगा नगरपालिका वडा न ८ वडा बाल संजालले सचेतना मुलक कार्यक्रम सम्पन्न गरेरको छ । संजालका अध्यक्ष स्मृति सापकोटाको अध्यक्षतामा सुर्तिजन्य पदार्थ सेवन तथा ओसार पसारमा बालबालिकालाई प्रयोज नगर्ने नगाराउने सम्बन्धमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा अध्यक्ष गुणानिधी भुसालले बालबालिकाहरुलाई सुर्तिजन्य पदार्थ सेवन तथा ओसार पसारमा लगाउन नहुने बताए । उनले अभिभाववको देखासिकी को कारणले गर्दा धेरै बालबालिकाहरु कुलतमा फस्दै गएको भन्दै आफ्नो छोराछोरीको भविष्यको लागि अभिभावकहरु सचेत हुन जरुरी रहेको बताए । त्यस्तै वडाले विद्यालय क्षेत्रको ३ सय मिटर नजिक रहेका पसलहरुमा सूतिजन्य पदार्थ विक्रि वितरण गर्न नहुने अभियान संचालन समेत गरेको जानकरी दिए ।

त्यस्तै बाणगंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक कुल राज पौडेलले पछिल्लो समय बालबालिकाहरु सुर्तिजन्य पदार्थहरु सेवन गर्दै आएको बताए । उनले अब विद्यालय नजिकका पसलहरुमा सुर्तिजन्य पदार्थहरु विक्रिवितरणमा रोक लागउनु पर्ने बताए । उनले बालसंजालले सुर्तिजन्य पदार्थ तथा ओसार पसारमा बालबालिकालाई प्रयोग नगर्ने विषयमा उदाहरणीय अभिमुखीकरण कार्यक्रम गरेको बताए । त्यस्तै घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्यालले सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्न नहुने भन्दै अब यसलाई नियन्त्रण गर्न सबैको सहयोग र सहकार्य हुन जरुरी रहेको बताए । उनले आफूले यस
किसिमका समाजिक अभियानमा आफूहरुको पूर्ण सहयोग र सहकार्य हुने प्रतिवद्धता समेत गरे । साथै दुव्र्यसनमा फसेपछि समाज र परिवार सवैबाट नराम्रो हुने भन्दै उनले कुलटको बाटमा नगाग्न सबैलाई सुझाव समेत दिए । त्यस्तै बाल संजालले अयोजना गरेको कार्यक्रममा बाणगंगा कार्यपालिका सदस्य एंव वडा सदस्य गिता भुसाल, बोडगाउँ टोल विकास संस्थाका अध्यक्ष राम प्रसाद घिमिरे, संस्थाका प्रतिनिधी दिवास घिमिरे लगायतको उपस्थिति रहेको थियो । साथै विभिन्न होटल, र सार्वजानिक स्थालमा धुम्रपान तथा सूतिजन्य पदार्थ सेवन गर्न तथा नगराउनु हुनको लागि सचेतना मुलक कार्यक्रम गर्दै विभिन्न स्थानमा पोष्टर र पम्पेलट समेत टाँस गरिएको थियो ।