दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिकमा ५ प्रतिशत वृद्धि

प्रकाशित मिति:

काठमाडौं, साउन ८: काठमाडौं उपत्यकामा दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक बढाएर ७ सय ९० रुपैयाँ बनाइएको छ।यसअघिको पारिश्रमिक दैनिक ७ सय ५० रुपैयाँ थियो। साबिकको पारिश्रमिकमा ५ प्रतिशत अर्थात् ४० रुपैयाँ बढाएर दैनिक ७ सय ९० रुपैयाँ बनाइएको हो।

जिल्ला दररेट निर्धारण समितिको बैठकले उक्त ज्याला बढाएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष२०७८र७९को निर्माण सामाग्री ढुवानी तथा उपकरणको भाडा र श्रमिकहरूको ज्यालादर निर्धारर्ण गर्नेक्रममा दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक पनि बढाएको हो। बैठकले फोहोर, ढल, डकर्मी, सिकर्मी, नकर्मी, चित्रकारलगायत सबै प्रकारका श्रमिकहरूको ज्याला बढाएको जिल्ला दररेट निर्धारण समितिले जनाएको छ।