शिकागोमा भोजमा गएका मानिसहरुलाई गाडीमा आएका मानिसले अन्धाधुन्ध गोली चलाउदा ८ जना घाइते

प्रकाशित मिति:

अमेरिकाको इलोनोइज राज्यको शिकागोमा भोजमा गएका मानिसहरुलाई गाडीमा आएका मानिसले अन्धाधुन्ध गोली चलाउदा ८ जना घाइते भएका छन । एक जना मानिसको अवस्था गम्भीर रहेको प्रहरीले जनाएका छन् ।

प्रहरीका अनुसार भोजको लागि यात्रियान(बस)मा चढेकाहरुलाई कुदाई रहेको गाडीबाट गोली हानेका थिए । उक्त घटना शिकागोको उत्तर भागमा भएको हो । उक्त घटना जुलाई २१ बुधबारका दिन लिंकन उद्यानमा भएको प्रहरीले एक वक्तब्यमा जनाएका छन । घाइते भै अस्पताल भर्ना भएका ब्यक्तिलाई छातीमा गोली हानिएको छ भने अन्य महिला तथा पुरुषहरुको अवस्था ठिक रहेको प्रहरीले उल्लेख गरेका छन् ।

प्रहरीले हाल सम्म कसैलाई पनि पक्राउ गरेको छैन भने के कारणले उक्त घटना भएको हो भन्ने बारेमा प्रहरीले कुनै सूचना दिएका छैनन । यो घटनाको एक दिन अगाडी यसैगरि पश्चिम भागमा गोली हान्दा २ जनाको ज्यान गएको थियो । दुई व्यक्तिहरु उभिई रहदा गाडीबाट आएर अचानक गोली हानि भागेका थिए । तिनीहरुलाई अझ पनि पक्राउ गरिएको छैन । शिकागोमा सप्ताहन्तमा ६० जनालाई गोली हानिएको छ भने १० जनाको मृत्यु भएको एबिसीन्युजले जनाएको छ ।