रोटरी सामाजिक पत्रकारिता पुरस्कार वाट कान्तीपुर संवाददाता सञ्जु पौडेल पुरस्कृत

प्रकाशित मिति:

बुटवल । ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०२०’ पत्रकार सञ्जु पौडेलले प्राप्त गरेकी छन् । पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा विशेष भूमिका निवार्ह गरेको भन्दै रोटरी क्लब अफ रुपन्देहीले उनलाई सम्मानसहित पुरस्कृत गरेको हो । पौडेललाई एक समारोहका बीच सम्मान गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो । गत वर्षदेखि स्थापित पुरस्कार कोरोना महामारीका कारण रोकिएको थियो । दोसल्ला,सम्मानपत्रसहित पौडेलले नगद रु ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेकी छन् । उनी कान्तिपुर दैनिकमा कार्यरत छन् ।

सामाजिक सेवामा समर्पित हुँदै आएको रुपन्देहीको तिलोत्तमा स्थित रोटरी क्लब अफ रुपन्देहीले रुपन्देहीमा रहेर सामाजिक क्षेत्रमा सक्रिय रुपमा कलम चलाएकामा पौडेललाई पुरस्कार प्रदान गरिएको बताउँदै आगामी वर्षहरुमा पनि निरन्तरता दिइने पुरस्कार छनोट समितिका संयोजक बिष्णु पौडेलले बताए । विगत ९ वर्षदेखि सामाजिक सेवामा समर्पित हुँदै आएको रुपन्देहीको तिलोत्तमा स्थित रोटरी क्लब अफ रुपन्देहीले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट सम्मानित हुने उनी पहिलो पत्रकार रहेको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष गौतम भुसालले बताए ।

उनले भने, म आफैँ पनि बिगत १०वर्षदेखि सञ्चार क्षेत्रसँग आवद्ध रहेको र सामाजिक संघ–संस्थाहरुका गतिविधिहरु सञ्चारकर्मीहरुलेनै आम जनमानसमा सहजै पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने हुँदा आफ्नै कार्यकालमा सामाजिक पत्रकारिता पुरस्कार स्थापना गर्ने सोँच अनुरुपनै स्थापना गरेका हौं।’ पुरस्कार क्लबका निवर्तमान अध्यक्ष गौतम भुसालले आफ्ना स्वर्गिय हजुरबुवा–हजुरआमाको स्मृतिमा स्थापना गरेका हुन् । पुरस्कार ‘विश्व स्वतन्त्र पत्रकारिता दिवस’को अवसरमा क्लबका तर्फबाट हरेक वर्ष एक जना पत्रकारलाई प्रदान गरिने क्लबले जनाएको छ ।पत्रकार पौडेललाई पनि गत ‘विश्व स्वतन्त्र पत्रकारिता दिवस’को अवसरमा चयन तथा पुरस्कृत गरिने घोषणा गरिएको थियो ।