त्यसै खेर गईरहेको यो खानेकुराले भाग्छन् यी ८ खतरनाक रोग

प्रकाशित मिति:

काठमाडौ । हामी हाम्रै आँगनमा अमृत फलिरहेको देख्दैनौँ । बिष सेवन गर्छौ । अमृत खेर गइरहेको हुन्छ । तपाई हाम्रो अधिकांशको करेसाबारीमा हुने केराको बोटको सबै भाग काममा आउँछ । चाहे फूल होस वा डाँठ । सबै खान मिल्छ । यहाँसम्म कि केराको पातको प्रयोग खाना खानको लागि प्रयोग हुन्छ । केराको डाँठ पत्रिका बनाउन प्रयोग हुन्छ । केराको फूल खाँदा तपाईको धेरै रोग हटाउन सकिन्छ । जस्तै मधुमेह, डिप्रेसन एनिमियाबाट बचाउन यसले मद्दत गर्छ । त्यसलै केराको फुललाई दैनिक खानामा कुनै न कुनै रुपमा प्रयोग गर्नुहोस । जानी राखौ केराको फूलबाट कुन कुन रोग भगाउन सकिन्छ ।

मधुमेय रोगीको लागि फाइदाः एउटा अध्ययन अनुसार डायबिटिज लागेका मानिसको इन्सुलिन तह केराको फूलबाट घटाउन सकिन्छ ।
यसले प्राकृतिक रुपमा डिप्रेसन कम गर्छ : यस फुलमा धेरै मात्रामा म्याग्नेसियम पाइन्छ । तसर्थ यसले तपाईको मुड बदली चिन्ताको तह न्यून गर्छ ।

फ्रि रेडिकलसँग लड्न एन्टि अक्सिडियन्ट प्रदान गर्छ : फ्रि रेडिकल हाम्रो स्वस्थ कोषमा बसेर कोषलाई हानी गर्छ जसले गर्दा मुटुको समस्या, क्यान्सर तथा चाडै बुढयौली पन देखिन्छ । यी फूलहरुमा एन्टि अक्सिडियन्ट पाइन्छ जुन फ्रि रेडिकलसँग लड्न सहयोग गर्छ
पेटको रोग निको गर्छः केराको फुल खानामा हल्का हुन्छ र पेटमा कम लोड पर्छ । यदि पेट फूलेको छ वा पेट दुखेको छ वा एसिडिटि छ भने यी सबै समस्या केराको फुल खाँदा समाधान गर्छ ।

मासिक धर्म नियमितः यो खाँदा मासिक धर्म नियमित हुन्छ । आयुर्बेद अनुसार एक कप केराको फूल पकाएर दहीसँग खानाले शरिरमा प्रोजिस्ट्रान तह बढ्छ र अत्यधिक मात्रामा हुने ब्लिडिङ कम गर्छ ।
एनिमियाबाट बचाउँछः यसमा धेरै मात्रामा आइरन हुन्छ जसले गर्दा रगतमा हेमोग्लोबिन बढाउने काम गर्छ ।
स्तनपान गराउने आमालाई उपयुक्तः आयुर्बेद अनुसार स्तनपान गराउने आमाले धेरै मात्रामा केराको फूल खाँदा दुध बढाउँछ ।
ब्याक्टेरियाबाट बचाउँछः यो प्याथोजेनिक व्याक्टेरियाबाट शरिरलाई बचाउँछ । जनबाेलीबाट