स्तनपान आमाको सौन्दर्य वृद्धिका लागि उपयोगी

प्रकाशित मिति:

शिशु जन्मिएपछि उसको पहिलो पोषण र आहार भनेकै आमाको दुध हो । तर आजकल स्तन झोलिने, बूढी भइने जस्ता सोचाइका कारण कतिपय महिला शिशुलाई स्तनपान गराउन चाहादैनन् । तर यसले सुन्दरतामा कमी ल्याउन नभइ अझ निखार ल्याउँछ ।

विशेषज्ञहरु स्तनपानबाट महिलाको सुन्दरता झन् बढ्ने बताउँछन् । उनीहरूका अनुसार स्तन झोलिने, अनाकर्षक हुने, छाला, चाया आउने स्तनपानले नभइ हर्मोनसम्बन्धी समस्याले हुने गर्दछ । शिशुलाई नियमित स्तनपान गराउने आमाको सौन्दर्यमा वृद्घि हुनुका साथै उनीहरूको शरीर पुनः छिट्टै स्वाभाविक अवस्थामा फर्कन मद्दत गर्दछ । त्यसैले स्तनपानले छिट्टै बूढी हुने, फिगर मेन्टेन नहुने, स्तनको आकार बिग्रिने धारणा गलत हो । एजेन्सीको सहयोगमा@khabarhub