अमेरिकी पत्रिकाले आयोजना गरेको कार्यक्रममा शारीरिक सुगठनका उत्सव सिंह सेमी फाइनलमा प्रवेश

प्रकाशित मिति:

शारीरिक सुगठनका उत्सव सिंह अमेरिकी पत्रिकाले आयोजना गरेको कार्यक्रममा सेमी फाइनलमा प्रवेश गरेका छन् । केही समय अगाडी मात्र उनले अमेरिकामा सम्पन्न शारीरिक सुगठन प्रतियोगिता दुई स्वर्ण पदक प्राप्त गरेका थिए । उक्त प्रतियोगिता टेक्ससमा भएको थियो भने उनि यसरी प्रतियोगितमा सहभागी भै स्वर्ण पदक हात पार्ने नेपाली मूलका पहिलो नेपाली हुन् ।

आगामी जुलाई २९ बिहिबारका दिन सम्म अन्तिम सेमी फाइनलको मतदान हुनेछ भने उनले सबै नेपालीलाई मतदान गर्न आग्रह गरेका छन् । मतदान जुलाई २९ ,७ बजे ९ प्यासिफिक समय ०सम्म रहने छन् । अन्तिम सेमी फाइनलमा ८ जना पुगेका छन् भने उक्त प्रतियोगितामा प्रथम हुनेलाई २० हजार डलर पुरस्कार दिइने छ । अमेरिकी पत्रिका -फिचर्ड मसल एण्ड फिटनेस नामक पत्रिकामा बिजेताको तस्बिर अगाडी प्रकाशित गर्ने छ ।

अमेरिकी ईतिहासमा यसरी पत्रिकामा सहभागी हुने र सेमी फाइनलमा पुग्ने पनि प्रथम नेपाली हुन् । उनले बिजेता भएमा केही रकम समाज सेवामा सहयोग गर्ने बताएका छन् । टेक्सस राज्यको ड्यालसमा बिगत ७ बर्ष देखि बसोबास गर्दै आएका सिंहको पुर्खौली घर बुटवल हो । उनले अगस्त २४ ,२०१९ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यको लरेल शहरमा सम्पन्न एनपीसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा सिंहलाई स्वर्ण पदक प्राप्त गरेका थिए ।