म चार पाँच दिनदेखि मानसिक तनावमा छु, ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ : प्रचण्ड

प्रकाशित मिति:

काठमाडौं, ९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीभित्र अहिले कसलाई मन्त्री बनाउने र कसलाई नबनाउने रु भनेर हुलका हुल बाँधेर आफूकहाँ मान्छेहरु आएको टिप्पणी गरेका छन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड नरबहादुर कर्माचार्याको ८ औं स्मृति दिवसमा पार्टी कार्यालय, पेरिसडाँडामा आज शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘मन्त्री बन्न मकहाँ दबाब दिन मान्छेहरुको हुल भित्रबाट आएको छ । आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने , कसलाई नबनाउने भनेर । हाम्रो ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ । हामीले पाउने भनेको बढिमा ७ वटा मन्त्रालय हो । यहाँ मन्त्री नभयो भने चाहीँ नेतृत्वलाई सरापेर हिँड्ने, मन्त्री पायो भनेमात्रै गर्ने प्रवृत्ति चाहीँ जबरजस्त छ । यहाँ ठूलै नियुक्ती पायो भने ठिक छ । पाएन भने चाहीँ नेतृत्व चाहीँ बदमासै हो भन्ने परिपाटी छ ।’

चार पाँच दिनदेखि आफू एक खालको मानसिक तनावभित्र रहेको पनि दाहालको भनाई छ । उनले भने,‘सबैलाई बनाउन त मन लागेको थियो नि । सबै ४९ जनालाई मन्त्री बनाईदिन पाए हुन्थ्यो नि । त्यो त हुँदैन फेरि । यसबाट के देखिन्छ भने हामी आदर्शको ठूला ठूला कुरा गर्ने, हामी सबैले भन्ने, तर चित्त चाहीँ के छ भने मन्त्री पाईन्छ कि पाईँदैन् [email protected]