दीपमा असल अभिभावक अभियान

प्रकाशित मिति:

बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कूलले सञ्चालन गरेको असल अभिभावक अभियान अन्तरगत अभिमुखिकरण कार्यक्रम गरिएको छ । कक्षा ७ मा अध्ययनरत बालबालिकाहरुका अभिभावकहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यालयका गतिविधिका बारेका जानकारी गराउदै विद्यार्थीको चौतर्फी विकासका लागि अभिभावकहरुको पनि महत्वपूर्ण भूमिका हुने हुँदा अभिभावकहरुलाई जागरुक गराउने काम गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षक दिनेश खड्काले असल अभिभावक कसरी बन्न सकिन्छ भन्ने विषयमा श्रृव्य दृश्यसँगै प्रयोगात्मक रुपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । करीव १ सय ३० जना अभिभावकको सहभागिता रहेको कार्यक्रममा बालबालिकालाई असल बनाउने उपायहरु र अभिभावकले गर्नुपर्ने दायीत्व के–के हुन भन्ने विषयमा जानकारी गराइएको विद्यालयका उपप्राचार्य कलाधर अर्यालले बताउनुभयो । कार्यक्रममा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष गुरु चैतन्य कृष्णले अनुशासन र स्वास्थ्यका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।सोही अवसरमा अर्धवार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुका अभिभावकहरुलाई सम्मान गरिएको तथा विद्यार्थीहरुले विभिन्न प्रतिभा देखाएका तहगत संयोजक कृष्ण भुषालले जानकारी दिनुभयो ।