गलकोटमा १ हजार ३ सय ५४ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाए ।

प्रकाशित मिति:

सुरेश छन्त्याल , गलकोट- आज गलकोट नगरपालिका भित्र रहेका ८ ओटा स्वास्थ्य चौकीमा कोरोना भाईरस विरुद्ध जोन्सन एण्ड जोन्सन खोप लगाईएको छ ।

गलकोट नगरपालिका भित्र रहेका ८ ओटा स्वास्थ्य संस्थाहरुवाट महिला ६ सय ८० र पुरुष ६ सय ७४ गरी १ हजार ३ सय ५४ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिरा शर्मा गैरेले जानकारी दिनुभयो
जसमध्ये पाण्डबखानी स्वास्थ्य चौकिमा महिला ४४, पुरुष ५६ गरी १ सय जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएको पाण्डबखानी स्वास्थ्य चा‌ैकीकि प्रमुख रत्ना सुनारले जानकारी दिनुभयो ।

५० देखि ५४ वर्ष उमेर समुहका व्यक्तिहरु, अपाङ्गता भएका क र ख वर्गका व्यक्तिहरु र विदेश जानका लागि पासपोर्ट तयार भएकाहरुलाई कोरोना भाईरस विरुद्ध जोन्सन एण्ड जोन्सन खोप लगाईएको पाण्डबखानी स्वास्थ चौकीकि अनमी प्रतिमा पुनले जानकारी दिनुभयो।