लोकदोहोरी प्रतिष्ठानद्वारा लोक संग्राहलय भवन सिलन्यास

प्रकाशित मिति:

बुटवल, ९ श्रावण । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समिति र जिल्ला कार्य समिति रुपन्देहीले संयुक्त रुपमा लुम्बिनी लोक संग्राहलय बनाउने भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको डिंगरनगरमा बनाउन लागिएको उक्त लोक संग्राहलय भवनको शनिबार एक कार्यक्रमकावीच शिलन्यास गरिएको छ ।

तिलोत्तमा –४, डिंगरनगरस्थित तिलोत्तमा नगरपालिकाले उपलब्ध गराएको जग्गामा शनिबार भवनको शिलन्यास गरिएको हो । प्रतिष्ठानका केन्द्रिय सचिव, प्रचण्ड जि.सी, प्रदेश अध्यक्ष डिल्ली नारायण पाण्डे, रुपन्देही जिल्ला अध्यक्ष दीपक काकी र तिलोत्तमा नगरपालिका वडा नं. ४ का अध्यक्ष दिवाकर ढकालले संयुक्त रुपमा इट्टा, र सिमेन्ट राखेर भवनको शिलन्यास गरेका हुन ।३० फिट बाई ४२ फिट क्षेत्रफलमा बन्न लागेको उक्त भवन लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समिति र जिल्ला कार्य समिति रुपन्देहीले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन ।

शिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रचण्ड जि.सीले उक्त संंग्राहलय भवन निर्माणका लागि केन्द्रीय कार्यसमितिबाट १ लाख रुपैया प्राप्त हुने जानकारी दिँदै त्यसबाहेक थप सहयोगको लागि कार्यसमितिमा पहल गर्ने आश्वास्न दिए । प्रदेश अध्यक्ष डिल्ली नारायण पाण्डेले नेपाली कला संस्कृतिको जर्गेना, संरक्षण र संवद्र्धनमा उल्लेखनीय कार्य गर्ने उदेश्यका साथ यस लोक संग्राहलय भवनको निर्माण गर्न लागिएको बताए । तिलोत्तमा नगरपालिका वडा नं. ४ का अध्यक्ष दिवाकर ढकालले प्रदेशकै प्रतिनिधित्व हुनेगरी तिलोत्तमा नगरपालिकामा लोक संग्राहलय स्थापना हुन लागेकोमा खुशी व्यक्त गर्दै यो रुपन्देहीवासीका लागि गौरवको कुरा भएको बताए ।

प्रतिष्ठान रुपन्देही अध्यक्ष दीपक कार्कीले नेपाली कला संस्कृतिको संरक्षणको लागि लोक संग्रांहलयको आवश्यकता खट्कीरहेको अवस्थामा अव भने छिट्टै नै त्यो आवश्यकता पुरा हुने बताए । कार्यक्रममा लोक दोहोरी प्रतिष्ठानका केन्द्रिय सल्लाहाकार खेम हमाल, केन्द्रिय सदस्य दिपक गरौजमगर, पुर्व केन्द्रिय सदस्य नारायण लेकाली, स्थानीय समाजसेवी मित्र न्यौपाने, वेद प्रसाद गुरु·, वडा सदस्य हरिमाया नेपाली र मानकाजी गुरु·, टोल विकास समितिका अध्यक्ष होम प्रसाद खनाल लगायतको उपस्थिती रहेको थियो ।