न्यूयोर्कको एक उद्यानमा महिला माथि भयङ्कर यौन आक्रमण,बलात्कार हुनबाट बालबाल बचिन

प्रकाशित मिति:

न्यूयोर्कको चर्चित इनहुड हिल पार्क उद्यानमा एक महिला माथि भयङ्कर यौन आक्रमण भएको छ । प्रहरीका अनुसार बलात्कार हुनबाट महिला बालबाल बचेकी छिन ।न्यूयोर्क प्रहरीले संदिग्धलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले गत शुक्रबार जुलाई २३ का दिन उक्त व्यक्तिलाई गिरफ्तार गरेको जनाएको छ । न्यूयोर्कको माथिल्लो म्यानह्याटन उद्यानमा घटना घटेको हो भने पीडितलाई अस्पताल भर्ना गरिएको छ ।

प्रहरीका अनुसार ४० बर्षिय एल्भिस निना पिचार्ड़ोलाई हिर्काएको,बलत्कार आक्रमणको प्रयास र आपराधिक यौन क्रियाकलापको साथै आक्रमणको आरोप लगाईएको छ । गत बुधबार जुलाई २१ का दिन केही घण्टाको समय अवधिमा संदिग्धले यौन आक्रमणको प्रयास र लुटपाट गरेको प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार उनले सबै भन्दा पहिले ३४ बर्षिय महिलालाई ११ :२१ मिनेट बिहान बलत्कारको धम्कि दिएका थिए भने टाउकोमा हिर्काई उनको भ्रमणध्वनि मोबाइल लगेका थिए ।

त्यसपछि फेरी उनले २० मिनेट पछि ४० बर्षिय महिलामा बलत्कार गर्ने धम्की दिनुको साथै उनको भ्रमणध्वनि ९सेलफोन० मागेका थिए । तर उक्त महिला भाग्न सफल भएकी थिइन् ।प्रहरीका अनुसार ठिक ११स्५७ मा ४४ बर्षिय महिलालाई रुखको हागाले आक्रमण टाउकोमा गरेका थिए । उनले उक्त महिला भुईमा लडे पछि बलत्कार गर्ने र उनको भ्रमणध्वनि सेल फोल मागेका थिए । उक्त महिलालाई हाल हारलेम असपतालमा चोटपटकको कारण अस्पताल भर्ना गरिएको प्रहरीले बताएका छन् । प्रहरीका अनुसार हाल उनको स्वास्थ्य अवस्था ठिक रहेको न्यूयोर्क पोस्टले समाचारमा उल्लेख गरेको छ ।