राप्रपा बाणगंगा कपिलबस्तुको नगरभेला सम्पन्न , अबिधेशन श्रावण १६ गते

प्रकाशित मिति:

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाणगंगा कपिलबस्तुको नगरभेला शनिबार सम्पन्न भएको छ ।बाणगंगा नगरपालीकाका अध्यक्ष गिरीराज कंडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले संगठनलाइ अझै चुस्त र दुरुस्त रुपमा अगाडी बढाउन सक्रिय भएर लाग्ने प्रतीबद्धता जनाएका छन ।

ओदारी माबी ओदारीमा सम्पन्न भएको कार्यक्रममा भेलाले पार्टीको संगठनलाइ बिस्तार गर्दै आगामी श्रावण १६ गते नगर अबिधेशन गर्ने निर्णय समेत गरेको छ । कार्यक्रममा जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, क्षेत्रीय अध्यक्ष प्रकाश भुषाल , टुकनका केन्द्रिय उपाध्यक्ष राजेन्द्र अधिकारी , केन्द्रिय सदस्य धुब्र रायमाझी,कृष्ण बहादुर चौधरी लगायतले बोल्दै नगरमा पार्टीलाइ सशक्त बनाउन युवाहरुलाइ समेट्दै जाने बताएका थिए ।

उनीहरुले आगामी निर्बाचनमा राप्रपा सशक्त रुपमा प्रस्तुत हुने दाबी गर्दै पार्टीमा दत्तचित्त भएर लाग्न कार्यकर्ताहरुलाइ निर्देशन समेत थिए । नगर सचिब नवराज घिमिरेको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा जसपाका नेता बाबुराम भटराइले हिन्दु धर्मको बिरुद्धमा आघात पर्नेगरी सामाजीक सन्जालमा ट्वीट गरेको बिषयप्रती घोरभर्सना समेत गरेको छ ।