देवीपुर सेवा समाजको अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल

प्रकाशित मिति:

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं।–३ ९साविकको केरुङ्गा–१० क्षेत्रबाट बुटवलमा आएर बसोवास गर्ने वासिन्दाहरुको संस्था देवीपुर सम्पर्क समाजमा गुनाखर खनालको नेतृत्वमा नर्या कार्यसमिती गठन भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि संस्थाको छैठौं साधरणसभा तथा चौथो अधिवेशनको अवसर पारेर उक्त कार्यसमिति चयन भएको हो ।

उक्त सममितीको बरिष्ट उपाध्यक्षमा सुर्य प्रसाद पाण्डे, महिला उपाध्यक्षमा शान्ता पौडेल खनाल यस्तै सचिवमा कृष्ण प्रपाद पाण्डे र कोषध्यक्षमा कमल प्रसाद न्यौपाने निर्वाचित भएका छन् । यसैगरी र्कासमिीित सदस्यहरुमा सरस्वती खनाल, गंगा खनाल, सुनिता खनाल भुषाल, केशव आचार्य र भुवन पाण्डे निर्वाचित भएका छन भने लेखा समितीतर्फ संयोजकमा नरेश खनाल त्यसैगरी सदस्यहरुमा शोभा खनाल र संगिता पोख्रेल चयन भएका हुन ।

कार्यक्रममा छत्रदेव गाउँपालिका वडा नं।–३ का वडा अध्यक्ष तेज प्रसाद खनालको प्रमुख आतिथ्यता रहेको थियो भने १५० भन्दा बढी सदस्य तथा पदाधिकारीको उपस्थिती रहेको थियो । साथै संस्थामा आवद्ध भइ विभिन्न कार्यक्रममा सहभागिता जनाउनुहुने र पुर्व कार्यसमितीका पदाधिकारीहरुलाई प्रशंसा पत्र द्वारा सम्मान गरिएको थियो । पुर्व अध्यक्ष हुनुभएका दुर्गा खनालको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन तिलक पाण्डेले गरेका थिए ।