रोटरी रुपन्देहीको १०औं पदस्थापन

प्रकाशित मिति:

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको १०औं पदस्थापन समारोह सम्पन्न भएको छ । शुक्रबार एक समारोह बीच क्लबको दशौं स्थापना दिवस तथा पदस्थापन भएको हो । क्लबका वर्ष २०२०÷२१ का इमिडिएट पास्ट प्रेसिडेण्ट गौतम भुसाल नेतृत्वका पदाधिकारीले वर्तमान अध्यक्ष रामप्रसाद खरेल लगाएतका पदाधिकारीहरुलाई पद हस्तान्तरण गरेका हुन् । पदस्थापन समारोह रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल –भुटानका डिस्ट्रिक्ट गभर्नर इलेक्ट जितेन्द्र बहादुर राज भण्डारीको प्रमुख आतिथ्यता र क्लबका वर्तमान अध्यक्ष रामप्रसाद खरेल र फस्र्ट लेडी मिना न्यौपानेको अध्यक्षतामा भएको हो । सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले ९ वर्ष अगाडि रुपन्देहीको तिलोत्तमामा स्थापित क्लबले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । समारोहमा क्लबका इमिडियट पास्ट प्रेसिडेण्ट गौतम भुसालले वर्ष २१÷२२ का प्रेसिडेण्ट रामप्रसाद खरेललाई चार्टड प्रमाणपत्र,ग्राभल र ह्याम्मर हस्तान्तरण गरेका थिए ।

पदस्थापन पश्चात प्रमुख अतिथि भण्डारीले क्लबका अध्यक्ष रामप्रसाद खरेल लगाए नयाँ पदाधिकारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । त्यस्तै अध्यक्ष खरेलले नयाँ पदाधिकारीहरुलाई पद तथा शपथ ग्रहण गराएका थिए । अध्यक्ष खरेलले क्लबको ४४४औं बैठकको आह्वान गर्दै सञ्चालन गरेका थिए । पदस्थापन समारोहमा पत्रकार सञ्जु पौडेललाई सम्मान तथा पुरस्कृत गरिएको थियो । उनलाई रोटरीले स्थापना गरेको ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०२०’ बाट सम्मान गरिएको हो । कान्तिपुर दैनिकमा कार्यरत पौडेललाई रोटरी क्लब अफ रुपन्देहीका इमिडियट पास्ट लेडी श्रृष्टि अधिकारी , इमिडियट पास्ट प्रेसिडेण्ट गौतम भुसाल र रोटरी ईन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल –भुटानका डिस्ट्रिक्ट गभर्नर इलेक्ट जितेन्द्र बहादुर भण्डारीले संयुक्त रुपमा दोसल्ला र सम्मान पत्रले सम्मान गर्दै नगद रु ११ हजार १ सय ११ रुपैयाँको चेक प्रदान गरि पुरस्कृत गरेका थिए । सो अवसरमा क्लबका इमिडियट पास्ट प्रेसिडेण्ट (वर्ष २०÷२१ का अध्यक्ष) गौतम भुसालले क्लबले सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउँदै रुपन्देहीमा रहेर सामाजिक क्षेत्रमा विशेष कलम चलाउने एकजना पत्रकारलाई हरेक वर्ष सम्मान गरिने बताए।उनले कोरोना महामारीका कारण क्लबले बनाएका पूर्ववतः योजना कार्यान्वयनमा अप्ठ्यारो परेपनि महामारीमा सक्रिय भूमिका खेल्दै सामाजिक दायित्व पूरा गरेको बताए । साथै महामारीका बीच क्लबले विभिन्न कार्यक्रम तथा गतिविधि गरेको र ती कार्यमा सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गरे ।

समारोहमा क्लबका वर्तमान अध्यक्ष रामप्रसाद खरेलले सामाजिक कार्यमा सबै मिलेर सहयोग गर्नुपर्ने बताउँदै आगामी कार्यकाललाई थप सक्रिय र रचनात्मक बनाउने प्रतिवद्धता गरे । उनले आफूलाई पुर्याउने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग र सहकार्य गर्नुपर्ने बताए ।समरोहमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालका पास्ट डिष्ट्रिक्ट गभर्नर तथा डिष्ट्रिक्ट चेयर सञ्जय गिरी, रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का असिष्टेण्ट गर्भनर तथा क्लबका असाइन एजी राजकुमार गुप्ता,तिलोत्तमा–७ का वडाध्यक्ष दुर्गा पाण्डे,तिलोत्तमाका प्रवक्ता सुरेन्द्र श्री,प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, क्लबका पास्ट प्रेसिडेण्ट धु्रब कुमार धिताल,सुरज खत्री,गोपाल न्यौपाने लगाएतले रोटरीले खेलेको भूमिका बारे प्रशंसा गरेका थिए । पदस्थापन समारोह क्लबका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । समारोह क्लबका पास्ट प्रेसिडेण्ट देवानन्द पाण्डेको स्वागत मन्तव्य र विक्रम रिजालको सञ्चालनमा भएको थियो ।