पार्टी फुटाएर लम्पसार पर्न गठबन्धनमा गएका होइनौं : रावल

प्रकाशित मिति:

काठमाडौं–शनिबार एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले एक प्रसंगमा एमाले उपाध्यक्ष भीम रावलले राजीनामा दिएर आफै ढल्न पुगेको अभिव्यक्ति दिएका थिए । गठन्धनमा योगदान पुर्याएका रावलको त्यो हतारोले रावललाई नै घाटा पुराउने प्रचण्डको आशय थियो ।

प्रचण्डको उक्त भनाइलाई नेता रावलले खण्डन गरेकाछन् । उनले प्रतिनिधि सभाको पुनःस्थापना र पार्टी भित्रको स्वेच्छाचारिता अन्त्यका लागि गबन्धनमा गएको तर पार्टी फुटाएर लम्पसार पर्न नगएको बताएकाछन् । प्रतिनिधि सभाको पुनःस्थापना गर्नको लागि गठबन्धन गरिएको हो । पार्टीको स्वेच्छाचारिताको अन्त्यको लागि गठबन्धन गरिएको तर पार्टी फुटाएर कसैसँग लम्पसार पर्न गएको होइन’ उनको भनाइ छ ।

उनले राजीनामा दिएर आफू ढलेको नभइ एमाले ढाल्ने षडयन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको बताए ।
उनको प्रश्न छ , ‘एमसिसि, नागरिकता, लिपुलेक–लिम्पियाधुरा–कालापानी र अन्य राष्ट्रहितका पक्षमा प्रधानमन्त्री देउवासँग कुरा गर्ने अवसर नै नदिइ राजनीतिक भविश्य दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो रु’

उनले गठबन्धन र देउवालाई साथ दिँदा आफ्नो सांसद पद र राजनीतिक भविश्य नै दाउमा राखेको उल्लेख गरेकाछन्  ‘हामीले सांसद पद र राजनीतिक भविश्य दाउमा राखेर देउवालाई प्रधानमन्त्री बनाएका हौं, प्रचण्डले भए त्यस्तो गर्न सक्नुुहुन्थ्यो रु’ उनले भनेका छन्, ‘मैले स्वस्थ राजनीति र पार्टीको पक्षपोषण गर्दा त्यसलाई नेताहरूबीच फाटो ल्याउने काम ठान्नु बिग्रहकारी चिन्तन हो । पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलनको भलाइ हुन्न ।’