राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर जोडेर टिकटक बनाएको आरोपमा एक जना पक्राउ परेका छन्।नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय झापासँग समन्वय गरी एक जनालाई पक्राउ गरी काठमाडौं ल्याएको हो। जिल्ला प्रहरी कार्यालयले मेचिनगर नगरपालिका वडा नम्बर ६ का ३८ वर्षीय सोमप्रसाद घिमिरेलाई गत बिहीबार प्रहरीले पक्राउ गरेको थियो।
उनलाई गत शुक्रबार मात्रै काठमाडौं ल्याएको थियो।टिकटकमा ऐन कानुनले बर्जित गरेका सामाग्रीहरू बिगारेर भिडिओ बनाएका थिए, ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले भने,त्यो अपलोड गरेपछि हामीले नियन्त्रणमा लिएका हौं। उनीमाथि जिल्ला अदालत काठमाडौंबाट सात दिन हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान अघि बढाएको छ।@setopati