२ हजार ५० जना निको भए, २ हजार २३७ संक्रमित थपिए

प्रकाशित मिति:

गएको २४ घण्टामा नेपालमा २ हजार २३७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। १३ हजार ८३५ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।यो अवधिमा २ हजार ५० जना निको भएका छन्।

आज १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ७१३ पुगेको छ।

यस्तै, आज काठमाडौं उपत्यकामा ६२४ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा ४६८, ललितपुरमा ८९ र भक्तपुरमा ६७ जना रहेका छन्।