राष्ट्रपति तथा प्रधानमन्त्रीको ट्रोल भिडियो बनाउने एक जना पक्राउ

प्रकाशित मिति:

टिकटकमा राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो एडिट गरी ट्रोल भिडिओ बनाउने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो दूरूपयोग गरी टिकटक बनाउने व्यक्ति पक्राउ गरेको हो ।

फोटो एडिट गरी ट्रोल भिडियो बनाई टिकटकमा भिडियो पोस्ट गरेको अभियोगमा झापास्थित मेचीनगर नगरपालिका वडा नं। ६ बस्ने सोमप्रसाद घिमिरे पक्राउ परेका हुन् ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ । ब्युरोका अनुसार घिमिरेमाथि जिल्ला अदालत काठमाडौंको आदेशले ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।