भाेलिदेखि एसईईको मूल्यांकन रुजु गरिने

प्रकाशित मिति:

१० असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबारदेखि एसईईको मूल्यांकन रुजु गर्ने भएको भएको छ । आइतबारसम्म पर्सा र रौतहटबाहेक सबै जिल्लाको मूल्यांकन नतिजा परीक्षा नियन्त्रण कार्यालयमा प्राप्त भएको बोर्डले जनाएको छ ।

बाँकी दुई जिल्लाको मूल्यांकन पनि अबेरसम्ममा आइसक्ने भएकाले सोमबारदेखि प्राप्त मूल्यांकन रुजु एवं तालिकीकरणको काम शुरु हुने एसईई परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । ‘आज अबेरसम्म सबै मूल्यांकन आइसक्ने भएकाले भोलिदेखि हामी रुजु तथा टेबुलेसन गर्ने काम शुरु गर्छौं,’ उनले भने ।

 

परीक्षा बोर्डले विद्यार्थीको मूल्यांकन नतिजाको हार्डकपी र सफ्टकपी असारभित्र परीक्षा नियन्त्रण कार्यलयमा पठाइसक्न शिक्षा विकास समन्वय इकाईलाई निर्देशन दिएको भए पनि प्राकृतिक विपत्ति लगायतका कारणले तोकिएको समयमा आइपुगेको थिएन ।भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्यांकन गर्ने निर्णय गरेको थियो ।