क्यानका सम्पूर्ण खेल एक्सन स्पोर्टस्‌बाट

प्रकाशित मिति:

नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच घरेलु क्रिकेट प्रतियोगिता प्रशारण सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अन्तर्गत क्यानले आयोजना गरेको पीएम कप तथा मेयर्स कपका महिलारपुरुष गरी चार प्रतियोगिता डिश होमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रशारण गरिसकेको छ।आगामी दिनमा क्यानद्धारा आयोजना हुने सम्पूर्ण प्रतियोगिता पनि डिश होमको एक्सन स्पोर्टस्‌बाट प्रत्यक्ष प्रशारण हुनेछन्।

क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले क्रिकेट प्रत्यक्ष हेर्न सक्ने व्यवस्थाले यसको लोकप्रियतालाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। डिश मिडियाका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले हस्ताक्षर गरेका छन्।