एनआरएनए बेल्जियमको चुनाव बिथोलियो, मतपेटिका तोडफोड

प्रकाशित मिति:

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए बेल्जियमको नयाँ नेतृत्व चयनका लागि भएको चुनाव बिथोलिएको छ । एघारौं महाधिवेशन अन्तर्गत मतदान सकिन आधा घण्टा बाँकी रहँदा बेल्जियमको आन्तार्पेन बुथमा केही युवा प्रवेश गरी मतपेटिका तोडफोड गरेका थिए ।उक्त घटनापछि सामाजिक संजालमा जारी भिडिओहरुमा मतदानस्थल तोडफोडले भद्रगोल देखिएको छ भने केही महिलाहरु चिच्याइरहेको देख्न सकिन्छ ।

तोडफोड हुने थालेपछि मतपत्रहरु भुइँमा छरिएका थिए । प्रत्यक्षदर्शी पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माका अनुसार नेपाली समुदायबाहिरका पाँचजना युवाहरु मतदान स्थल पुगेर तोडफोडमा सक्रिय भएका थिए ।तोडफोडमा संलग्न युवासँग केही नेपाली एनआरएन प्रतिनिधिले प्रतिकार गरेका थिए । कोषाध्यक्ष पदका उम्मेदवार लोकेन्द्र नेपाल र संघ बेल्जियमकी पूर्वध्यक्ष शारदा अर्याल, क्षेत्री समाजकी अध्यक्ष मुना केसीलाई चोट लागेको छ । घटनापछि निर्वाचन समितिका सदस्य सचिव शिवकुमार बटुवालले वक्तव्य जारी गर्दै हलमा प्राप्त भिडिओका आधारमा समितिले कानूनी कार्वाहीका लागि बेल्जियम प्रहरीलाई जानकारी गराइसकेको उल्लेख छ ।

निर्वाचन अनुगमन प्रतिनिधिको रोहवरमा मतपेटिका सुरक्षित ठाउँमा तालबन्दी गरी राखिएको जनाइएको छ । निर्वाचन आचारसंहिता अनुसार अगाडि बढ्ने पनि जारी वक्तव्यमा उल्लेख छ ।प्रवासी नेपाल एकता मञ्च बेल्जियमका अध्यक्ष बोधराज पौड्यालले वक्तव्य जारी गर्दै घटनालाई सुनियोजित भएको बताउँदै आपत्ति व्यक्त गरेका छन् । निर्वाचत समिति संयोजक शालिक थपलियाले पनि वक्तव्य जारी गर्दै दोषीमाथि कार्वाहीको माग गरेका छन् ।एनआरएन बेल्जियमको निर्वाचनमा जहिले पनि पार्टीगत आधारमा चुनाव हुने गरेको छ। यसपटक नेपालमा भएको गठबन्धन अनुसार नै सत्तारुढ गठबन्धन एकातिर र एमाले एकातिर भएर चुनाव लडेकोमा गठबन्धन पक्ष तोडफोडमा उत्रिएका आरोप एमाले पक्षले लगाएको छ ।

उक्त घटनापछि सामाजिक संजालमा जारी भिडिओहरुमा मतदानस्थल तोडफोडले भद्रगोल देखिएको छ भने केही महिलाहरु चिच्याइरहेको देख्न सकिन्छ ।तोडफोड हुने थालेपछि मतपत्रहरु भुइँमा छरिएका थिए । प्रत्यक्षदर्शी पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माका अनुसार नेपाली समुदायबाहिरका पाँचजना युवाहरु मतदान स्थल पुगेर तोडफोडमा सक्रिय भएका थिए ।तोडफोडमा संलग्न युवासँग केही नेपाली एनआरएन प्रतिनिधिले प्रतिकार गरेका थिए । कोषाध्यक्ष पदका उम्मेदवार लोकेन्द्र नेपाल र संघ बेल्जियमकी पूर्वध्यक्ष शारदा अर्याल, क्षेत्री समाजकी अध्यक्ष मुना केसीलाई चोट लागेको छ । घटनापछि निर्वाचन समितिका सदस्य सचिव शिवकुमार बटुवालले वक्तव्य जारी गर्दै हलमा प्राप्त भिडिओका आधारमा समितिले कानूनी कार्वाहीका लागि बेल्जियम प्रहरीलाई जानकारी गराइसकेको उल्लेख छ ।

निर्वाचन अनुगमन प्रतिनिधिको रोहवरमा मतपेटिका सुरक्षित ठाउँमा तालबन्दी गरी राखिएको जनाइएको छ । निर्वाचन आचारसंहिता अनुसार अगाडि बढ्ने पनि जारी वक्तव्यमा उल्लेख छ ।प्रवासी नेपाल एकता मञ्च बेल्जियमका अध्यक्ष बोधराज पौड्यालले वक्तव्य जारी गर्दै घटनालाई सुनियोजित भएको बताउँदै आपत्ति व्यक्त गरेका छन् । निर्वाचत समिति संयोजक शालिक थपलियाले पनि वक्तव्य जारी गर्दै दोषीमाथि कार्वाहीको माग गरेका छन् ।एनआरएन बेल्जियमको निर्वाचनमा जहिले पनि पार्टीगत आधारमा चुनाव हुने गरेको छ। यसपटक नेपालमा भएको गठबन्धन अनुसार नै सत्तारुढ गठबन्धन एकातिर र एमाले एकातिर भएर चुनाव लडेकोमा गठबन्धन पक्ष तोडफोडमा उत्रिएका आरोप एमाले पक्षले लगाएको छ ।@nepalpress