सुदीपले ल्याए “मयुरको भाले”

प्रकाशित मिति:

मधुसूदन नेपाल- चलचित्र जगतमा सह-निर्देशक  गर्दै आएका सुदिप कुवरले पछिल्लो समय एक पछि अर्को उत्कृष्ट गित निकाल्दै आएका छन् । विगतको केहि वर्ष देखि कुवरले आफूलाई संगीत क्षेत्रमा आफ्नो क्षेत्र जमाउदै देखिएको  छ । त्यहि क्रममा उनले आफ्नो नयाँ तिज गित बजारमा ल्याएका छन् “ मयुरको भालेले मलाई बाटो छेक्यो कालेले “आफ्नै युटुब च्यानल Sudip Kunwar  बाट आज बजारमा ल्याएका छन् ।

आफुलेनै शब्द संगीत भरेको गितमा पछिल्लो पल्ट निकै रुचाएको आवाज  रचना रिमाल र आफ्नो स्वरमा गित दर्शक सामु लिएर उपस्थित भएका छन् ।चलचित्र क्षेत्रमा सह- निर्देशक गर्दै आएको र अहिले पछिल्लो समयमा आफ्नो एक पछि आर्को उत्कृष्ट गितमा उनी आफैले निर्देशक गरेका छन् , भने भिडियोमा एलिना रायमाझी र निक्स शर्माले अभिनय गरेका देख्न सक्नुन्छ ।

नवराज खड्का/सुभाष महाराजनले खिचेको भिडियोलाई मिराज अर्याल/योगेन्द्र कार्कीले सम्पादन गरेका हुन। यसभन्दा अगाडिको गित मायालु जहिले रिसाउने / मायाले इशारा गितले दर्शक श्रोताको मन जित्न सफल भएको थियो भने यस गितले पनि पहिले जस्तै दर्शक श्रोताको मन जित्न सफल होस् भन्दै  सफलताको शुभकामना व्यक्त गर्दछु  ।

भिडीयो हेर्न