५ न प्रदेशको राजधानी तिलौराकोट राख्न पहल गर्ने नेकपाका अध्यक्ष प्रचण्डको प्रतिबद्धता

प्रकाशित मिति:

नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ५ नंबर प्रदेशको राजधानीको नाम लुम्बिनी राख्दा कसैलाई आपत्ती नहुने बताउँनु भएको छ । १० औं कपिलवस्तु महोत्सवको जीतपुरमा मंगलवार उद्घाटन गर्दै उनले प्रदेशको नाम लुम्बिनी राख्न तथा राजधानी तिलौराकोटका लागी आफुले पहल गर्ने प्रतिबद्धता जनाउँनु भयो । आफु कार्यकारी पदमा नभए पनि ५ नम्बर प्रदेशको नाम बुद्धस्थलको नाममा लुम्बिनी राख्दा कसैलाई समस्या नपर्ने उनको भनाई थियो । कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई राजधानी बनाउने बिषयलाई आफुले गम्भिर रुपमा लिएको उँहाको भनाई थियो । सो अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले सबै राजनितीक दलले सहमतीमा अगाडी बढेर आगामी १० बर्षमा बिकास र समृद्धीमा फड्को मार्नु पर्ने बताउँनु भयो । जुन व्यवस्था फेरिए पनि ऐन र कानुनको कमजोडी देखाएर कर्मचारीतन्त्रमा ठिला सुस्ती गर्दा निजी क्षेत्रलाई प्रोत्साहन गर्न समस्या परेको उँहाको भनाई थियो । सो अवसरमा बोल्दै नेकपाका महासचिव तथा पुर्व अर्थमन्त्री बिष्णु पौडेलले लुम्बिनी सहितका नवलपरासी र कपिलवस्तुको एकिकृत बिकासको गुरुयोजना बनाएर तिलौराकोट लगायतका बुद्धस्थलको बिकास गर्न सकिने बताउनु भयो । कृषीमा आमुल सुधार बिना मुलुकको बिकास असम्भव रहेको कृषी तथा पशु पन्छिी बिकास मन्त्री चक्रपाणी खनाल (बलदेव) ले बताउनु भयो ।

उदघाटनको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संघिय साँसद अतहर कमालले प्रदेशको राजधानीको नाम लुम्बिनी राख्न तथा दाङ्ग र रुपन्देहीको तानातानका बिच बुद्धस्थल तिलौराकोटलाई राजधानी तोक्न माग गर्नुभयो । कृषिजन्य व्यवसाय तथा उत्पादनको प्रवर्धन, पर्यटन र संस्कृति प्रवर्धन गर्ने उद्देश्यले महोत्सव गरिएकोछ । मंसिर १८ देखि पुस १ गते सम्म संचालन हुने महोत्सवमा ३ सय ५० वटा स्टल रहेका छन् । करिब ४ लाख दर्शकले महोत्सजव अवलोकन गरेर १२ करोड बढिको कारोवार हुने आयोजकको अपेक्षा रहेको छ ।