पूर्वसभामुख महराले उच्च अदालतबाट पनी सफाइ पाए

प्रकाशित मिति:

नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन्। संसद सचिवालयकै एक कर्मचारीलाई कर णी अभियोगमा चलेको मुद्दामा उच्च अदालतले पनि महरालाई सफाइ दिएको हो।

न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासबाट पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा जिल्ला अदालत काठमाडौंकै फैसला सदर हुने गरी फैसला गरिदिएका हुन् । काठमाडौं जिल्ला अदालतबाट न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो।उच्च अदालतमा महराविरुद्ध २०७७ पुस १७ मा रिट दायर गरेको थियो । जिल्ला अदालत काठमाडौको फैसलामा चित्त नबुझाएर सरकारी वकिलको कार्यलयले पुनरावेदनका लागि उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोगमा महरामाथि मुद्दा चलेको थियो । महराले जिल्लाबाट सफाइ पाएपछि सरकारी वकिल उच्च अदालतमा गएका थिए ।सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई कर णी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । उक्त आरोपपछि २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिनुपरेको थियो भने असोज १९ गते उनि सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।