इनरह्वील क्लब अफ बुटवलमा निरन्तरताको प्रतिवद्धता

प्रकाशित मिति:

बुटवल, १२ साउन–इनरह्वील क्लब अफ बुटवलको बर्ष २०२१÷२२ का लागि निर्वाचित टिमले आफ्नो पदभार ग्रहण गरेपछि क्लबले अगाडी सारेका बार्षिक कार्यक्रमहरुलाई निरन्तरता दिदै नयाँ कार्यायोजना बनाएर अगाडी बढ्ने जनाएको छ ।कोरोना कहरका कारण क्लबले बर्षभरिका लागि बनाउने कार्यक्रम स्वाश्थ्य मापदण्ड अपनाएर आवश्यक्ता अनुसार सञ्चालन गर्ने बताइएको छ । नया टिमले अघिल्लो टिमले अगाडी सारेका र पुरा नभएका कार्यक्रमहरुलाई निरन्तरता दिने तथा महिला सशक्तिकरणका लागि नया कार्यक्रमहरु तय गरेर जाने नवनिर्वाचित अध्यक्ष मञ्जु श्रेष्ठले बताउनु भयो ।

इनरह्वील क्लबले घोषणा गरेको इनरह्वील गाउँ, आयआर्जन तथा शिप विकासका कार्यक्रम, गरिव तथा जेहेन्दार छात्रवृति वितरण, इनरह्वील छोरी शिक्षाको निरन्तरता लगायत क्लबलाई व्यवस्थित तथा सामाजिक क्षेत्रमा क्रियाशिल बनाउने योजना बनाइएको छ ।क्लबको नवनिर्वाचित टिमले एक कार्यक्रमकावीच आफ्नो पदभार ग्रह गरेको थियो । क्लबको बर्ष २०२०÷२१ का अध्यक्ष शोभा जोशीले नवनिर्वाचित अध्यक्ष मञ्जु श्रेष्ठलाई पदहस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष जोशीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै कोरोनाका कारण चाहेको जसरी गतिविधि गर्न नपाएको बताउनु भयो । उहाले क्लबको उद्देश्य र भावनामा कुनै असर नपुग्ने गरि आफ्नो गतिविधिहरु सञ्चालन गरेको उल्लेख गर्दै महिला ससक्तिकरण र अधिकार रक्षाका लागि इनरह्वील जस्ता सामाजिक क्लबहरुले गर्ने काम समाजमा उदाहरण योग्य बन्नु पर्ने बताउनु भएको थियो ।

सो अवसरमा प्रमुख अतिथि ईनरह्वील क्लब कि डिष्ट्रिक ३५० नेपालका इएसओ आशा श्रेष्ठले महिलाको अधिकार र क्षमता अभिबृद्धिमा क्लबले सधै आफ्नो ध्यान दिनु पर्ने र ग्रामिण क्षेत्रका महिलाहरुलाई सहयोग पुग्ने गरि शिक्षा, स्वाश्थ्यका कार्यक्रम आयोजना गर्न सुझाव दिनु भएको थियो ।कार्यक्रममा स्वागत भाषण क्लबका डाइरेक्टर राधा गुरुङले गर्नु भएको थियो भने सञ्चालन सचिव सम्झना ज्ञवालीले गर्नु भएको थियो । कार्यक्रममा इनरह्वील क्लब अफ बुटवलका पूर्व अध्यक्ष शान्ता शाक्य, इनरह्वील क्लब अफ सैनामैनाका अध्यक्ष दिपिका शर्माले शुभकामना मन्तव्य तथा धन्यवाद ज्ञापन यमुना श्रेष्ठले गर्नु भएको थियो ।

बर्ष २०२०÷२१ का अध्यक्ष शोभा जोशीको एक बर्षे कार्यकालमा रुपन्देहीको देवदहको कोटही आधारभूत विद्यालयमा क्लब सर्पोट मोडेल स्कूल सञ्चालन गर्दै शैक्षिक तथा खेलकुद सामाग्री वितरण, डिष्टिक चेयरबाट शाखा निरिक्षण, बुटवल–पाल्पा सडक अन्तरगत ट्राफिक चोकबाट उत्तरमा डिभाइडर निमार्ण, बार्षिक कार्ययोजना तालिम, तिजमिलन कार्यक्रम, विभिन्न छात्रवृति वितरण लगायतका कार्यक्रमहरु गरिएका थिए । जोशीले गत २०७७ असार २२ गते २०१९÷२० कि अध्यक्ष प्रमिला श्रेष्ठबाट पदभार ग्रहण गर्नु भएको थियो ।