गैडहवा गाउँपालिकामा वडा कार्यालयहरुको भवन निर्माण सुरु

१८ मंसिर २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
9 Shares


रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकाले वडा कार्यालयहरुको धमाधम भवन बनाउन सुरु गरेको छ । भाडामा वडाको कार्यालय सञ्चालन भईरहेको बेला गाउँपालिकाले १८ महिनाको ठेक्का सम्झौंता गरेर वडा कार्यालयको भवन बनाउने काम सुरु गरेको हो । वडा नं. ३,४, ७, ८ र ९ को कार्यालयको भवन बनाउँनको लागि ठेक्का सम्झौंता भएर काम सुरु भईसकेको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केबटले जानकारी दिनु भएको छ । वडा नं. ९ को मंगलबार महेन्द्रनगरमा भवनको शिल्यनाश गर्दै अध्यक्ष केबटले काम समयमा नै सम्पन्न हुने बताउँनु भएको छ । अहिले २ वटा कम्पन्नीलाई ठेक्का दिएर वडा भवनको काम सुरु भएको बताउँदै १८ महिनामा काम सम्पन्न हुने केबटले बताउँनु भएको छ । कार्यालयलाई आवस्यक पर्ने भवन निर्माण गरिने भएकाले भवन निर्माणपछि सेवाग्राहीलाई सहजता हुने दाबी गर्नुभयो ।

वडा नं. ३ को समयमाई थान हाट बजारमा बन्ने भवनको १ करोड ६७ लाख ३० हजार ३ सय ३० रुपैँया लागत स्टिमेट रहेकोमा १ करोड २८ लाख ५८ हजार ६० रुपैँया ठेक्का सम्झौंता भएको गैडहवा गाउँपालिकाका प्रमुश प्रशासकिय अधिकृत टेकराज भट्टराईले जानकारी दिनु भएको छ । त्यस्तै वडा नं. ४ को पुहवामा बन्ने भनवको १ करोड ६८ लाख २ हजार ८ सय ६७ स्टिमेट रहेकोमा १ करोड २८ लाख २१ हजार ५ सय ८० रुपैँयामा ठेक्का सम्झौंता भएको उँहाले जानकारी दिदै वडा नं ७ को सिसैं डाडाँमा बन्ने भवनको १ करोड ६८ लाख ११ हजार ४ सय ७५ रुपँैया स्टिमेट रहेकोमा १ करोड २६ लाख ६० हजार ४ सय ७५ रुपँैयामा ठेक्का सम्झौंता भएको छ । वडा नं. ८ को देवीडाँडामा बन्न लागेको भवनको १ करोड ६८ लाख २० हजार ७५ स्टिमेट रहेकोमा १ करोड , २६ लाख ७३ हजार १ सय ७२ स्टिमेट रहेकोमा १ करोड २६ लाख ७३ हनार १सय २२ रुपँैयामा ठेक्का सम्झौंता भएको भट्टराईले जानकारी दिनु भयो । यस्तै वडा नं. ९ को महेन्द्र नगरमा बन्न लागेको भवनको अनुमानित १ करोड ६८ लाख २८ हजार ६ सय ७४ रुपैँया रहेकोमा १ करोड २५ लाख ६२ हजार ३ सय ६२ रुपँैयामा ठेक्का सम्झौंता भएको गाउँपालिकाले जानकारी दिएको छ । वडा नं. ७, ८ र ९ को भवन बनाउनको लागि ज्ञान ज्योती र वडा नं. ३ र ४ को न्यू ड्राईगन एएनजी जेभी कम्पन्नीसँग १८ महिनामा काम सम्पन्न गर्ने सम्झौंता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ