एमाले प्रवेश गरेका माओवादी नेताहरूले अदालत पुगेर भने, ‘हामी माओवादी मै छौं

प्रकाशित मिति:

काठमाडौं – तत्कालिन नेकपाको विवादमा सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र व्युँताए पछि नेकपा माओवादी केन्द्रमा नफर्किएका नेताहरूले सांसदमा पुर्नवहाली हुनुपर्ने माग गर्दै अदालत गएकाछन्। नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

गत फागुन २३ मा सर्वोच्च अदालतको गरेको फैसला पछि नेकपा एमालेमा प्रवेश गरेका भनेका उनीहरूलाई माओवादी केन्द्रले कारवाही गरेको थियो । कारवाही पछि संसद पद गुमाएको उनीहरू अहिले पनि आफूहरू एमाले मै भएको भन्दै पुर्नवहालीको माग गरेका हुन्।
उनीहरूले आफूहरू एमालेको सदस्यका रुपमा नरहेको र बरु निर्वाचन आयोगमा मओवादीको केन्द्रको लिस्टमा आफ्नो नाम भएको दावी गरेका हुन् । एमाले भित्रको आन्तरिक विवाद समाधान गर्न पार्टी २०७५ जेठ २ को अवस्थामा गएपछि उनीहरू पार्टीको मुलधार भन्दा बाहिर पुगेकाछन् ।