अमेरिकी विदेश विभागमा स्वस्तिक खोपिएको भेटियो

प्रकाशित मिति:

अमेरिकी विदेश विभागको एक लिफ्ट (उत्थापक)मा स्वस्तिक खोपिएको भेटिएको छ । गत सोमबार जुलाई २६ का दिन उक्त स्वस्तिक खोपिएको पत्ता लागेको थियो ।उक्त चिन्ह फेला पारे पछि प्रमुख विदेश सचिव एन्टोनी ब्लिनकेनले उक्त घृणित प्रतिमाकरणको निन्दा गरेका छन् । यसले यहूदी विरोधी अझै जीवित छ भन्ने कुराको उल्लेख गरेको समाचार सिएनएनले लेखेको छ ।

सबै विदेश विभागका कर्मचारीहरूलाई ज्ञापनमा ब्लिन्केनले “यो दर्दनाक अनुभूतिले हामीलाई स्मरण गराउँदछ कि विरोधी इतिहास विगतको अवशेष होइन।” संयुक्त राज्य अमेरिकाको विदेश विभाग वा अन्य कुनै ठाउँमा यसको स्थान छैन। हामी यसको विपक्षमा छौ र यसलाई अस्वीकार गर्न कठोर हुनुपर्छ। “उनले भने ।ब्लिन्केनले भने, स्वास्तिक – जुन नाजी झण्डाको केन्द्रबिन्दु हो र सेमिटिज्म (यहुदी )विरोधी हो । लिफ्ट(उत्थापक) बाट हटाईएको छ र उक्त घटनाको अनुसन्धान विदेश विभागको संघीय कानून प्रवर्तन शाखाको कूटनीतिक सुरक्षाले गर्नेछ।ब्लेन्केनले यहुदी विरोधीलाई अक्सर घृणाका अन्य रूपहरूसँग जोडिएको तथ्यमा बोलेका थिए ।