उत्तर कोरिया तथा दक्षिण कोरिया बीच एक बर्ष पछि सीधा सम्पर्क सुरु

प्रकाशित मिति:

उत्तर कोरिया तथा दक्षिण कोरिया बीच एक बर्ष पछि सीधा सम्पर्क सुरु भएको छ । अर्थात् सिधा टेलिफोन सम्पर्क प्रारम्भ भएको छ ।उत्तर कोरियाले गत वर्षको जूनमा बिच्छेद गरिएको हटलाइन(सिधा सम्पर्क)लाई जुलाई २७ मंगलवार फिर्ता लिएको छ । दुवै कोरिया बीचमा सञ्चार गर्ने एउटा चालमा दुवै पक्षले एउटा बिग्रिएको सम्बन्ध सुधार गर्ने सकारात्मक कदम हो भनि युपिआईले लेखेको छ ।

मंगलबार बिहान १० बजे सरकारी सम्पर्क र दुवै देशका सेनाको बीचमा सञ्चार लाइनहरू पुनःस्थापित भएको बताइएको छ । दक्षिण कोरियाली राष्ट्रपति पदका प्रवक्ता पार्क सू-ह्युनले उत्तर कोरियाली नेता किमजोङ्ग उन र दक्षिण कोरियाली राष्ट्रपति मून जाइ-इन बीचको पत्राचारको परिणामको कारण सम्भव भएको बताए ।

दुई नेताहरूले दुई कोरियाई बीच सम्बन्ध पुनर्स्थापनाको बारेमा कुरा गर्न गत अप्रिल देखि धेरै पटक व्यक्तिगत पत्र आदानप्रदान भएको थियो । बिच्छेद भएको कुराकानी लाइनहरू पुनर्स्थापित गर्न सहमत भए,” पार्कले एक विज्ञप्तिमा भने।अन्तर-कोरियाली सिधा सम्पर्क सेवाको पुनःस्थापनाले भविष्यमा अन्तर-कोरियन सम्बन्धको सुधार र विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ,” उनले भने।