माओवादी केन्द्रले सहायक संगठनलाई सक्रिय बनाउँदै,वाईसिएल सैनामैनाको टिसर्ट सार्वजनिक

प्रकाशित मिति:

सुरेश परियार,साउन १३- नेकपा माओवादी केन्द्रले बृहत अन्र्तक्रिया गर्दै सहायक संगठनलाई थप सक्रिय बनाउँदै अघि बढेको छ । पार्टिलाई थप बलियो र चलायमान गराउन नेकपा माओवादी केन्द्रले सहायक संगठन वाईसिएललाई प्रशिक्षण जस्ता कार्यक्रमलाई समेत तिव्रता दिएको छ ।

यसैक्रममा आज नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ठ वाईसिएल सैनामैनाको आयोजनामा बृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसिएल सैनामैनाका अध्यक्ष गोविन्द खरेलको अध्यक्षता, नेकपा माओवादी केन्द्र रुपन्देही सचिवालय सदस्य भोला बस्यालको प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्र सैनामौना नगर संयोजक मान बहादुर महत (नारायण)को विशिष्ठ आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा नेता मंगलबहादुर रावत (महान),नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्यहरु दिपिका शर्मा,दिपक भण्डारी, अखिल नेपाल मजदुर संघ लुम्बिनी प्रदेश सदस्य कुम बहादुर सार्की ,युवा नेता रोमनाथ न्यौपाने,दिपक अधिकारी,माधव वस्नेत,केशव कुंवर, दिलिप पर्जापति, शान्ती बराल,सुरज भट्टराई,दिपक सुनार लगायतको आतिथ्यता रहेको थियो ।सोही अवसरमा योङ कम्यूनिष्ठ वाईसिएल सैनामैनाका लागी टिसर्ट सार्वजनिक गरिएको छ । हँैसा हथौडा र वाईसियल ईंकित लोगो भएको टिसर्ट सार्वजनिक गरिएको हो । वाईसिएल सैनामैना वडा १ देखि ११ वडा सम्मका युवाहरुले सो टिसर्ट प्रयोग गर्नेछन् ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला कमिटि सचिवालय सदस्य भोला बस्यालले मुलक माओवादीकै एजेण्डामा चलिरहेको दावि गरेका छन् ।उनले परिवर्तन रक्षाका निम्ति प्रतिगमनका विरुद्ध वाइसिएल नेपाललाई शसक्त रुपमा प्रतिरोधका लागि तयार हुन् निर्देशन गरेका छन् ।यस्तै,नेकपा माओवादी केन्द्र सैनामैना नगर संयोजक मान बहादुर महतले स्थानिय निकायमा जनताको सेवक बन्न वाइसिएललाई आग्रह गरेका छन् । पार्टिलाई शसक्त बनाउदै गलत प्रबृत्तिलाई प्रतिवाद गर्न तर्फ केन्द्रीत हुनुपर्नेमा जोड महतले दिए ।नेपाल केन्द्रय कमिटि सदस्य तथा रुपन्देही ईन्चार्ज माधव वस्नेतले स्यालहरु ब्वासो बन्न खोजे वाईसियल बाघ बन्ने बताए । उनले भने हेक्का रहोस प्रतिगमन पक्षधरलाई परास्त गर्न सधै तल्लिन रहने चेतावनी दिएका छन् ।

नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसिएल सैनामैनाका अध्यक्ष गोविन्द खरेलल् संगठनलाई मजबुत बनाउदै विकृति विसंगतिको प्रतिवाद गर्ने बताएका छन् । जनता र देशका लागी काम गर्ने पार्टि नै नेकपा माओवादी केन्द्र भएका दावि गर्दै युवाहरुलाई संगठित गरि भ्रष्टाचार नियन्त्रण गर्न पैरबी गर्ने समेत बताए । अध्यक्ष गोविन्द खरेलले पार्टिलाई चलायमान गर्न युवा पुस्ता एक हुनुपर्नेमा जोड दिएका छन् ।सैनामैना नगरपालिका वडा नं. २ स्थित ग्लोवल पार्टी प्यालेसमा भएको कार्यक्रममा सैनामैना नगर भित्रका ११ वडाका अगुवा कार्यकर्ता विच वर्तमान राजनैतिक परिवेश तथा युवाको सामाजिक उत्तरदायित्व बारे अन्तरकृया कार्यक्रम भएको थियो भने सो कार्यक्रममा नगर भित्रका करिव १०० भन्दा वढी युवाहरुको उपस्थिती रहेको थियो ।वाईसिएल नेपाल नगर ईन्चार्ज मंगल बहादुर रावतको स्वागत तथा वाईसिएल नेपाल सैनामैनाका नगर सचिव केशव विश्वकर्मा (राज)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।