बुटवलमा संचालनमा आयो सुप्रिन्स केक शप एण्ड क्याफे

प्रकाशित मिति:

बुटवल उपमहानगरपालीका ७ दीपनगरमा सुप्रिन्स केक शप एण्ड क्याफे संचालनमा आएको छ । आजदेखि संचालनमा आएको उक्त शपमा बर्थडे, विवाहका लागि आवश्यक केक र होम डेलिभरि सहित नास्ताका परिकार पाइने प्रोप्राइटर अजय थापा मगर ले बताए ।

अजय थापा मगर , अमृत थापा मगर र सुरज पुनको संयुक्त १२ लाख बढी लगानीमा खुलेको शपमा ब्ल्याक फोरेस्ट, ह्वाईट फोरेस्ट, भ्यानिला, चकलेट, स्ट्रबेरी साथै स्पेशल केकको रुपमा पिनाटा ९ह्यामर केक० उपलब्ध रहेको मगरले जानकारी दिए । कोरोनाका कारण देशमा महामारी भएपछि वैदेशिक रोजगारमा जाने स्थिती नरहेको र स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्धेश्यले क्याफे र केक शप एकै ठाउंमा संचालनमा ल्याएको अर्का प्रोप्राइटर सुरज पुनले बताए । क्याफे र शपमा गरी अहिले ६ जनाले रोजगारी पाएको भन्दै उनले कोरोना काल हटे थप व्यवस्थित गर्दै लगानी थपेर उच्चस्तरीय रुपमा शप अघि बढाउने बताए । शपले बुटवल भरि र बुटवल देखि ८ किलोमिटर वरिपरि केक र खाजाको होम डेलिभरिको सुविधा दिने अमृत थापा मगरले जनाए । क्याफेमा म : म, चाउमिन सहित बर्गर, स्यान्डविच समेत पाइने उनले बताए ।